नियम २२
पुनरावेदन, पुनरावलोकन गर्न वा मुद्दा दोहो¥याई माग्न आदेश दिन सक्ने
नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा अदालत वा न्यायिक अधिकारीले गरेको निर्णय वा आदेश उपर पुनरावेदन गर्नु पर्ने वा पुनरावलोकन गराउनु पर्ने वा मुद्दा दोहो¥याउनु पर्ने महान्यायाधिवक्तालाई लागेमा त्यस्तो निवेदन गर्न वा गराउन सम्बन्धित अधिकारीलाई लेखी पठाउन सक्नेछ र त्यसरी लेखी आएमा सम्बन्धित अधिकारीले पनि सोहीबमोजिम गर्नु गराउनु पर्नेछ ।